एफएम रेडियोहरु पनि उत्रिए भारतको विरुद्धमा, हिन्दी गीत नबजाउने :: Read More News >>

http://dcnepal.com/images/news/9/big/काठमाडौं, १२ असोज– भारतको विरुद्धमा सर्वत्र आन्दोलन भइरहँदा जनताको सुचनाका लागि अहोरात्र खटिएका एफएम रेडियोहरुले पनि आन्दोलनमा उत्रिएका छन् ।

एफएमहरुले पनि अब हिन्दी गीत नबजाउने भएका छन् । साथै हिन्दी कार्यक्रमहरु पनि प्रशारण नगर्ने भएका छन् । भारतले अघोषित रूपमा नाकाबन्दी गरि नेपाली जनतालाई र नेपालमाथि गरेको अन्यायप्रति दुःख व्यक्त गर्दे एफएम रेडियोहरुले आजवाट हिन्दीगीत नवजाउने निर्णय गरेका छन्। यस्तो निर्णय नेपालभर नभएपनि मकवानपुर र दाङका केही रेडियोहरुमा लागु भएको छ । आज देखि नै केवल टेलिभिजन सञ्चालकहरुले हिन्दी च्यानल बन्द गरेपछि एफएमहरुले पनि हिन्दी गीत बजाउन छोडेका हुन् ।

मकवानपुरमा रहेका विभिन्न दसवटा नीजी तथा सामुदायिक रेडियोहरुले आज संयुक्त प्रेस विज्ञप्ती प्रकाशित गरी एकतर्फी नाकाबन्दी नखुलेसम्म हिन्दी गीत नबजाउने निर्णय गरेको हेटौडा एफएमका प्रवन्ध निर्देशक उज्वल चौलागाइले बताए।

हेटौडा एफएम, रेडियो थाहा संचार , रेडियो मकवानपुर, शक्ति एमफएम, रेडियो कलस, रेडियो आकास गंगा, रेडियो निकास, रेडियो सरोवर, आवाज एफ एम तथा रेडियो पालुगले आज संयुक्त रूपमा प्रेस विज्ञप्ति प्रकाशन गरि समाजिक सद्भाव कायम राख्नको लागि तथा नेपालीहरुको आत्म आत्मस्वाभिमान उच्च राख्नको लागि आजबाट हिन्दी गीत नवजाउने सामूहिक निर्णय गरेको प्रवन्ध निर्देशक चौलागाइले बताए। यस्तै दाङको रेडियो प्रकृति एफएमले पनि आज देखि हिन्दी गीत नबजाउने निर्णय गरेको छ । 
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment