श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा नेपाल भ्रमण गर्ने इच्छा व्यक्त :: Read More News >>


    श्रीलङ्काली राष्ट्रपतिले देखाए नेपाल भ्रमण गर्ने इच्छा
News Updated By- Bina Bhattarai    |   Posted From- Washington DC     |     October 01, 2015  
अमेरिका, १४ असोज - उपप्रधानमन्त्री प्रकाशमान सिंह र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाबीच आज यहाँ भेटवार्ता भएको छ। सो अवसरमा दक्षिण एसियाली सहयोग सङ्गठन सार्क, कुनै किसिमको समस्या नरहेको दुई देशबीचको सम्बन्ध तथा सहयोगका विविध पक्षका बारेमा छलफल भएको थियो।

श्रीलङ्काली राष्ट्रपतिले विश्व सम्पदा सूचीमा रहेको स्वयम्भूमा हिन्दू मन्दिर निर्माणमा सहयोग गर्ने तथा उपयुक्त समयमा नेपाल भ्रमण गर्ने इच्छा राखेको परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले बताए।

शान्तिका प्रतीक बुद्ध नेपालमा जन्मीएको र श्रीलङ्कामा बौद्ध धर्मावलम्बीहरु रहेको हुँदा दुवै देशको संस्कार र संस्कृतिमा पनि समानता रहेको बारेमा पनि सो अवसरमा छलफल भएको थियो। नेपालमा संविधानसभाबाट संविधान जारी भएकामा श्रीलङ्काली राष्ट्रपतिले नेपाल र नेपालीलाई बधाई एवम् शुभकामना दिएको परराष्ट्र मन्त्री पाण्डेले बताए।

सो अवसरमा उपप्रधानमन्त्री सिंहले नेपालमा भर्खरै संविधानसभाबाट समावेशी लोकतान्त्रिक संविधान जारी भएको तथा अब नेपाल यसको सफल कार्यान्वयन गरेर अघि बढ्ने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिए।

सो भेटवार्तामा प्रधानमन्त्रीका विदेशी मामिला सल्लाहकार डा भट्टराई, परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास बैरागी, संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि दुर्गा भट्टराई, अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीलगायत नेपालका उच्च सरकारी पदाधिकारीको सहभागिता थियो।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment