परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले पदको दुरुपयोग गर्दै जग्गा दलाललाई पत्रकार बनाएर न्यूयोर्क पु¥याएको खुलासा भएको छ ।

परराष्ट्रमन्त्री पाण्डेले पत्रकार बनाएर अमेरिका लगेपछि

काठमाडौं,१२ असोज । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले पदको दुरुपयोग गर्दै जग्गा दलाललाई पत्रकार बनाएर न्यूयोर्क पु¥याएको खुलासा भएको छ । संयुक्त राष्ट्रसंघको साधारणसभामा भाग लिन न्यूयोर्क पुगेका पाण्डेले नुवाकोट घर भएका व्यापारी तथा जग्गा दलाल बद्री मैनालीलाई पत्रकारको नाममा परराष्ट्र मन्त्रालयबाट भिसा नोट लेखाएर अमेरिका लगेको मन्त्रालय स्रोतले जनाएको छ ।
मैनालीलाई ककनी पोष्ट साप्ताहिकको प्रकाशक, सम्पादकको हैसियतमा भिसा नोट लेखाएको बताइएको छ । दोस्रो संविधानसभा चुनावका बेला केही दिन प्रकाशित भएको नुवाकोटको स्थानीय ककनी पोष्ट अहिले बन्द छ ।
एमालेको राजनीतिमा एकाएक देखा परेका मैनालीले गत संविधानसभा निर्वाचनमा नुवाकोट २ बाट टिकटको दाबी गरेका थिए । तर पार्टीमा खासै कसैले नचिनेको हुनाले टिकट बिन्दा ढुंगानाले पाइन् ।
नातामा बिन्दाका नन्दे ज्वाइँ रहेका मैनालीले बिन्दाको टिकटमा टिपेक्स लगाएर आफ्नो नाम लेखेर उम्मेदवारी दर्ता गर्न खोजे । पार्टीले पछि अर्कैलाई उम्मेदवार उठायो । चुनावपछि अन्तर्घातको अभियानमा उनी ६ महिना कारबाहीमा समेत परेका थिए ।
को हुन् मैनाली ?
मैनाली शुरुमा तत्कालिन राप्रपाका मन्त्री तथा विभिन्न काण्डमा चर्चामा आउने खोभारी रायको पीए थिए । उनलाई नुवाकोटको एमाले पंक्तिमा २०६९ सालसम्म पनि खासै कसैले चिन्दैनथे । तर यसअघिनै उनले एमालेमा नुवाकोटकै नेता महेन्द्रबहादुर पाण्डेलाई हात लिइसकेका थिए ।
पाण्डेले उनलाई आफ्नो शिक्षा विभागको सदस्य समेत बनाएका थिए भने सदस्यता पाएको मिति पनि २०६४ लाई २०५४ बनाइदिएको आरोप पनि पाण्डेमाथि लागेको थियो । पाण्डे पत्नी किड्नीको बिरामी हुँदा उपचार खर्च व्यहोरेका कारण पनि मैनालीसँग मन्त्री पाण्डे नतमस्तक हुने नै भए ।
जग्गा दलाली र डोजरको व्यापार गर्ने मैनालीको बास पछिल्लो समय परराष्ट्र मन्त्रीसँगै हुने गर्छ । तिनै मैनालीलाई मन्त्री पाण्डेले पत्रकार बनाएर अमेरिका लगेपछि खैलाबैला मच्चिएको छ । पैसा भए पनि अमेरिकाका भिसा पाउन उनका लागि सहज थिएन, जसका लागि मन्त्री पाण्डेको पावर दुरुपयोग गरे । अहिले मन्त्रीको सपिङ लगायत सबै खर्च मैनालीले व्यहोर्नेनै भए ।
उता संचारमन्त्री मिनेन्द्र रिजालले पनि आफ्नो कोटामा नेपाल साप्ताहिकका सम्पादक प्रशान्त अर्यालको नाम सिफारिस गराएर अमेरिका पठाउन सफल भएको चर्चा छ । त्यस्तै राससबाट रामचन्द्र पौडेलको विशेष पावर लगाएर सूर्यचन्द्र बस्नेत अमेरिका उडेका खबर साँघुमा छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment