|
चीनले ट्याङकर, चालक र सहचाकलको बिवरण मागिरहेको छ भने ढुवानी व्यवसायीले उनीहरुको सुरक्षा र विमाको माग गरिरहेका छन्।
अब सरकारले एका तर्फ चीनलाई ट्याङकर, चालक र सह चालकको विवरण पठाउनुपर्ने छ भने अर्को तर्फ स्वदेशी व्यवसायीलाई ढुवानीका लागि रिझाउनुपर्नेछ। लामो समय चीनसंग वार्ता नै नगरेको सरकारी टोली बेइजिङ पुगेपनि ढुवानीको भरपर्दो व्यवस्था नहुँदा यहाँका सवारी साधन तत्काल चिनियाँ पेट्रोलले गुड्न नपाउने भएका हुन।
नेपाल आयल निगमले ढुवानी व्यवसायीसंग ट्यांकरको नम्बर, चालक र सह चालकको विवरण मागिरहेका रहेको छ। उक्त विवरण आएपछि त्यसलाई निगमले चीन पठाउने छ। -
|
0 comments:
Post a Comment