|
काठमाडौँ, १२ कार्तिक– भारतको बेलहिया नाका भएर १४ ओटा ईन्धन सहितका झण्डै डेढ सय सवारी साधन नेपाल भित्रिएका छन् ।
झण्डै डेढ महिनादेखि भारतको नाकाबन्दी सँगै प्रभावित बनेको रुपन्देहीको सीमानाका बेलहियामा बुधवार साँझदेखि केहि कडाई गरिएको थियो । बिहीबार दिउँसोदेखि पुनः संचालनपछि साँझ ६ बजेसम्म ९ वटा डिजेल, ४ वटा ग्यांस र एउटा पेट्रोलको गाडी नेपाल भित्रिएको छ।
भारतको उत्तर प्रदेश अन्तर्गत महाराजगंज र सिद्धार्थनगर जिल्लामा चौँथो चरण अन्तर्गत विहीबारको निर्वाचनमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गरी नेपालतर्फको सीमाना जोडिएको रुपन्देही संगै नवलपरासी र कपिलवस्तुका सिमा नाकाहरु पनि कडाई गरिएको थियो। नाका बिहिवार केही खुकुलो भएको हो ।

0 comments:
Post a Comment