![]() |

व्याबसायीक रुपमा सञ्चालित जिल्लाका ट्याक्टरहरु डिजेल अभावको कारण दशै अधि देखिनै थन्कीएका हुन् । जिल्ला प्रशासनको रोहबरमा समय समयमा बितरण गरिने डिजेल ट्याक्टरलाई बितरण नगरिए पछि ब्याबसायमानै असर परेको ट्याक्टर ब्याबसायीहरुले बताएका छन्।
तेल अभावका कारण सदरमुकाम म्याङलुङका करिब ५५ वटाभन्दा बढी ट्रयाक्टर थन्किएको व्यावसायी ज्ञानबहादुर खत्रीले बताए। उनका अनुसार अहिले ट्रयाक्टर तेल अभाबले थन्किएपछि गाउँ गाउँमा खाद्यान्नको समेत अभाब हँुदै गएको छ।
दैनिक दुई दर्जन ट्रयाक्टरले बिभिन्न गाबिसमा खाद्यान्न ढुवानी गर्ने गरेको भए पनि दशैंअगाडी देखि नै ट्रयाक्टरले खाद्यान्न ढुवानी गर्न छाडेका छन् । ट्रयाक्टरले खाद्यान्न ढुवानी नगर्दा जिल्लाको फेदाप, आठराई र छथर क्षेत्रका मुख्य बजारहरुमा समेत खाद्यान्न अभाब हुन थालेको व्यापारीहरुले बताएका छन्।
जिल्लामा आउने डिजेल र पेट्रोल साना सवारी साधन र बसहरुलाई मात्र बितरण गरिने गरेकोले आफूहरुलाई मर्का पर्ने गरेको ट्रयाक्टर व्याबसायीहरुले बताएका छन् । जिल्लाको कोटामा अब आउने डिजेल पनि ट्रयाक्टरलाई बितरण नगरिए आन्दोलन गर्ने ट्याक्टर व्याबसायी तेजु अधिकारीले बताए । -
![]() |
0 comments:
Post a Comment