हिमालय समाचार - दोश्रो राष्ट्रपतिका लागि आज निर्वाचन हुने एमालेबाट विद्यादेवी भण्डारी र कांग्रेसबाट केवी गुरुङबीच प्रतिस्पर्धा हुँदै :: Watch More Video >>

काठमाडौं, ११ कार्तिक - मुलुकको दोस्रो राष्ट्रपति चयनका लागि व्यवस्थापिका संसदमा मंगलबार मतदान हुँदैछ। निर्वाचनमा सत्तारुढ दलको तर्फबाट एमाले उपाध्यक्ष विद्या भण्डारी र कांग्रेसबाट कुलबहादुर गुरुङबीच प्रतिष्पर्धा हुँदैछ।

भण्डारीलाई एमाले, एकीकृत माओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, राप्रपा लगायत दलको समर्थन छ। गुरुङलाई कांग्रेस बाहेक अरु दलको समर्थन देखिएको छैन। यसकारण समिकरणमा कुनै नाटकीय र आकश्मिक फेरबदल नभएमा भण्डारी राष्ट्रपतिमा निर्वाचित हुने निश्चित छ।

संसदमा अहिले ५ सय ९७ सांसद संख्या कायम रहेकाले निर्वाचित हुन २ सय ९९ मत आवश्यक पर्छ। भण्डारीको पक्षमा एमालेको १ सय ८४, एमाओवादीको ८२, राप्रपा नेपालको २५, फोरम लोकतान्त्रिकको १४, राप्रपाको १२ र साना दलको २३ गरेर ३ सय ४० सांसदको समर्थन देखिन्छ। यस्तै गुरुङको पक्षमा कांग्रेसको २ सय ७ मत मात्र देखिएको छ। यस हिसाबले एमालेकी भण्डारी प्रथम महिला राष्ट्रपति बन्ने निश्चित छ।

हुन त राष्ट्रपतिको चुनावमा गोप्य मतदान हुन्छ। प्रधानमन्त्री चुनावमा सांसदहरु कुन उम्मेदवारको पक्षमा लाइनमा उभिएका छन् भन्ने प्रष्ट थाहा हुन्छ। तर राष्ट्रपति चुनावमा कसले कसलाई भोट हाल्दैछ भनेर पहिल्यै थाहा हुँदैन।

यसकारण राष्ट्रपति चुनावमा ‘क्रस भोटिङ’ अर्थात पार्टीको निर्देशन विपरीत अर्कै उम्मेदवारलाई भोट दिनसक्ने सम्भावना हुन्छ। तर भण्डारी पराजित हुनेगरी क्रस भोटिङ हुने सम्भावना देखिँदैन। यस्तो हुनको लागि धेरै सांसदले क्रस भोटिङ गर्नुपर्ने हुन्छ। सबै सत्तारुढ दलले भण्डारीको पक्षमा मतदान गर्न आ-आफ्ना सांसदलाई निर्देशन दिइसकेका छन्।

निर्वाचन कार्यक्रम

राष्ट्रपति चयनको लागि व्यवस्थापिका संसदमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मतदान हुनेछ। राष्ट्रपति निर्वाचन गोप्य मतदान प्रक्रियाबाट हुनेछ।

मतदान सकिएपछि दिउँसो साढे २ बजेदेखि मतगणना हुनेछ भने बेलुकी पौने ५ बजे मतगणनाको परिणाम सभामुखलाई निर्वाचन समितिले हस्तान्तरण गरिनेछ। बेलुकी ५ बजे बस्ने व्यवस्थापिका-संसद्को बैठकमा सभामुख ओनसरी घर्तीले नयाँ राष्ट्रपतिको मतपरिणाम सार्वजनिक गर्ने कार्यतालिका छ। - 
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment