राजमार्ग अवरोध गर्नेलाई मुद्दा

काठमाडौँ १३ कार्तिक । गृह मन्त्रालयले मधेस आन्दोलनका नाममा सार्वजनिक गाडी तोडफोड गर्ने र राजमार्ग अवरुद्ध गर्नेलाई मुद्दा चलाउने निर्णय गरेको छ । गृहमन्त्री शक्ति बस्नेतले बुधबार मन्त्री, सचिव र तीनवटै सुरक्षा निकायका प्रमुखसँग बैठक गरी सार्वजनिक गाडी तोडफोड गर्ने र राजमार्ग अवरुद्ध गर्नेलाई मुद्दा चलाउन निर्देशन दिएका हुन् ।
बैठकमा गृहमन्त्री बस्नेतले गाडी तोडफोड र राजमार्ग अवरुद्ध गर्नेलाई पक्राउ गरी छाड्ने परिपार्टीले गर्दा आन्दोलनकारीलाई राज्यले केही गर्न सक्दैन भन्ने भ्रम परेकाले त्यस्तालाई पक्राउ गरेलगत्तै मुद्दा चलाउन सुरक्षा निकायलाई निर्देशन दिएका थिए । गृहमन्त्री बस्नेतको भनाई उदृत गर्दै स्रोतले भन्यो–‘राजमार्गको सुरक्षामा कुनै सम्झौता नगर्न गृहमन्त्रीले निर्देशन दिनुभएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
हामीले सोहीबमोजिम मातहतका सुरक्षा अधिकारीलाई निर्देशन दिइसकेका छौं ।’ बैठकमा गृहमन्त्री बस्नेतले आन्दोलनकारीको मानवअधिकारको रक्षामा नचुक्न सुरक्षा निकायलाई सुझाव पनि दिएका थिए । गृहसचिव सूर्यप्रसाद सिलवालले राजमार्ग अवरोध गर्नेलाई तत्काल पक्राउ गरी मुद्दा चलाइने बताए ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment