निर्वतमान राष्ट्रपति डा. रामवरण यादव शीतलनिवास छाडेर नयाँ घरमा :: Read More News >>

काठमाडौं, १२ कार्तिक– नयाँ राष्ट्रपतिमा एमाले उपाध्यक्ष विद्या भण्डारी निर्वाचित भएसँगै निवर्तमान राष्ट्रपति रामवरण यादव शीतलनिवास छाडेका छन् ।

शीतल निवासबाट बाहिरिएपछि यादव एकान्तकुनास्थित सरकारी आवासमा सरेका छन् । नेपाल सरकारको पूर्वपदाधिकारीका लागि सेवा सुविधासम्बन्धि कानुनी व्यवस्थाअनुसार निवर्तमान राष्ट्रपतिका लागि सरकारले घर उपलब्ध गराएको हो ।


नयाँ घर साढे दुई तल्ले छ । घरबेटी अमेरिकामा रहेका छन् । घरबेटीका आफन्त उक्त घरमा बस्दै आएका थिए ।

साँझसम्म राष्ट्रपति उक्त घरमा सर्ने भनिए पनि आज साँझसम्म दुईवटा कोठा मात्र साँझसम्म तयार हुने बताइएको छ । बिहिबार बिहान घरको सरसफाई गरिएको थियो ।

घरको तल्लो प्रत्येक तल्लामा तीनवटा कोठाहरु रहेका छन् । पार्किङको व्यवस्था रहेको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment