अब राहदानी वितरण छिटो र छरीतो

काठमाडौँः उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले राहदानी वितरण प्रणालीलाई आवश्यक सुधार गरी सेवालाई प्रभावकारी बनाउन कर्मचारीलाई निर्देशन दिएका छन् । 
 
उपप्रधानमन्त्री थापाले आफ्नो मन्त्रालयअन्तर्गत राहदानी विभागको निरीक्षणका क्रममा आज सेवाग्राहीलाई छिटो र सहज ढङ्बाट सेवा उपलब्ध गराउन कर्मचारीलाई आग्रह गरे । 
 
उनले जनताको सेवाको भावनालाई केन्द्रमा राखेर कार्य गर्न कर्मचारीलाई निर्देशन गर्दै सबैको साथ सहयोगबाट मन्त्रालयले निरन्तर प्रगति गर्ने अपेक्षा राखेका छन् । 
 
विभागका महानिर्देशक लोकबहादुर थापाले परराष्ट्रमन्त्री थापालाई कार्यालयमा भइरहेका गतिविधिका बारेमा जानकारी गराउँदै विगतमा भन्दा अहिले कार्यशैली सुधार भई सेवा चुस्त र छरितो भएको बताए ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment