![]() |
ठमाडौं, १२ कात्तिक । दक्षिणी छिमेकी भारतको अघोषित नाकाबन्दीको मारमा परेको नेपालको भौगोलिक अखण्डता रक्षा गर्न सघाउने भन्दै उत्तरी छिमेकी चीनले आपत्तकालिन रुपमा इन्धन गराउने जानकारी दिएको छ ।
बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न र नेपालको विकासमा सघाउने बताएको हुन् ।
चीन र नेपालबीच इन्धन सम्झौताबारे सोधिएको प्रश्नमा उनले नेपाली पक्षको आग्रहमा चीनले आपतकालीन सहयोगका रुपमा निश्चित परिमाणको इन्धन उपलब्ध गराउने निर्णय गरेको जानकारी दिँदै काङले भने, ‘इन्धन अभावका कारण उत्पन्न समस्याको समाधान खोज्ने प्रयासलाई हामीले सघाएका हौँ। नेपाल र चिनियाँ पक्षबीच तेलसम्बन्धी व्यापारका लागि छलफल भइरहेको छ ।’
![]() |
0 comments:
Post a Comment