|
ताप्लेजुङ कात्तिक ११ । सशस्त्र समुहमाथि कारवाही अभियान तिब्र बनाएको प्रहरी र सशस्त्र समूहबीच मंगलवार दिउँसो गाेली हानाहान भएकाे छ । सदरमुकाम फुङलिङवाट डेढ दिनको पैदलमा रहेको इखावु गाविसको सिजुवा भन्ने स्थानमा दोहोरो फायरिङ भएको प्रहरी नायव उपरिक्षक शान्तिराज कोइरालाले बताए । कोइरालाका अनुसार सो क्रममा मोरङको पथरी घर बताउने ३५ वर्षीय कुमार लिम्वु भरुवा बन्दुक सहित पक्राउ परेका छन् ।
सशस्त्र समुहको खोजिमा रहेको प्रहरीमाथि दिउसो फायरिङ भएको र प्रहरीले जवाफी फायरिङ गरेको कोइरालाले बताए । त्यसपछि खोजतलासको क्रममा ओडारमा लुकिबसेका कुमार पक्राउ परेको प्रहरी दावी छ । उक्त स्थानबाट एक थान खुकुरी खाद्यान्न लगायतका सामग्रीपनि प्रहरीले बरामद गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
|
0 comments:
Post a Comment