उपराष्ट्रपति चयनका लागि आज उम्मेदवारी दर्ता हुने, मतदान भोली :: Read More News >>

काठमाडौं, १३ कार्तिक - उपराष्ट्रपति चयनका लागि आज (शुक्रबार) उम्मेदवारी दर्ता हुने भएको छ। 

व्यवस्थापिका संसद् सचिवालयले उपराष्ट्रपतिका लागि आज १० बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको आह्वान गरेको छ। संसद् सचिवालयले साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित गर्ने, २ बजे उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने र साढे २ बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय निर्धारण गरेको छ।

त्यसैगरी ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र भोलि ११ बजेदेखि २ बजेसम्म संसद्मा गोप्य मतदान हुने, साढे २ बजे मतगणना र अपराह्न ५ बजे निर्वाचन परिणाम व्यवस्थापिका संसद्मा घोषणा गर्ने निर्वाचन तालिकामा उल्लेख छ।

उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनले एकीकृत नेकपा माओवादीका पूर्वलडाकु कमाण्डर नन्दकिशोर पुन र नेपाली कांग्रेसले अमियकुमार यादवलाई उम्मेदवार बनाउने निर्णय गरेका छन्। तर सत्तारुढ गठबन्धनभित्र उपराष्ट्रपतिमा मधेसी या थारु समुदायका व्यक्तिलाई अघि सार्नुपर्ने आवाज उठेको छ। त्यसका लागि एकीकृत माओवादी स्थायी कमिटीको बैठक आज बिहान बस्दै छ।

त्यसैगरी आजै बस्ने उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले सत्तारुढ गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार तय गर्ने बताइएको छ। - 
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment