|
पाल्पा : पुर्वी पाल्पाको झिरुवासमा भएको जीप दुर्घटना र पश्मिम पाल्पाको अर्गलीमा भएको जीप दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् ।
पुर्वी पाल्पाको झिरुवासको धार्केसिंह देखि विरामी बोकेर रामपुरतर्फ जादै गरेको लु.१प.२६४७ नम्वरको जीप सोमवार गए राती १ बजेको समयमा झिरुवास–६ लाकुरी भन्ज्याङ्गस्थित सडकदेखि पाँच सय मिटर तल खस्दा घटनास्थलमै दुई र उपचारको क्रममा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
जीप दुर्घटनामा ज्यान गुमाउनेमा झिरुवास–६ धार्के सिंहका १९ वर्षीय गुनराज सिंह ठकुरी र सोही स्थानका १९ वर्षीय झनबहादुर पाटा र झिरुवास–६ कै २१ वर्षीय युवराज खाम्चा रहेका छन् ।
आठजना सवार जीपका अन्य पाँचजनाको रामपुर अस्पताल र तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको पाल्पाका प्रहरी नायव उपरीक्षक सुमन तिमिल्सेनाले अन्नपूर्णलाई जानकारी दिए ।
यसैगरी गुल्मीको तम्घासदेखि बुटवलतर्फ जाँदै गरेको लु.१ख. ५१८८ नम्बरको बस पाल्पाको अर्घली–१ कुडापानीमा सोमवार बिहान १० बजे ब्रेक फेल भएर पल्टँदा १५ जना यात्रु घाइते भएका छन् ।
घाइतेहरुको मिशन अस्पताल भुषालडाडा र प्रभासको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । बस दुर्घटनाका घाइतेमध्ये दुईको अवस्था गम्भीर छ ।
|
0 comments:
Post a Comment