|
काठमाडौं, १२ कात्तिक ।नाकाबन्दीका कारण महिनौं दिनदेखि मुलुक सकस पूर्ण अवस्थामा रहिरहेका बेला उच्चस्तरीय राजनीतिक संयन्त्रले संवाद मार्फत नाकाबन्दी अन्त्यका लागि पहल गर्ने निर्णय गरेको छ ।
सत्तारुढ दलहरु सहभागी संयन्त्रको बिहीबार बसेको बैठकले नाकाबन्दी अन्त्य गर्ने विषयमा भारतीय सरकार तथा त्यहाँका राजनीतिक दलहरु सँग छलफल गर्ने निर्णय गरेको हो ।
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको संयन्त्रले चीनबाट इन्धन आयत गर्ने बेइजिङमा नेपालले सम्झौता गरेको भोलिपल्ट बिहीबार उक्त निर्णय गरेको हो । साथै संयन्त्र बैठकले आन्दोलनरत पक्षका माग समेट्न गरिने संविधान संशोधनका विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्ने निर्णय गरेको नेताहरुले जानकारी दिएका छन् ।
|
0 comments:
Post a Comment