काठमाडौं, १२ कात्तिक । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम रहेको छ भने बिहीबार निवर्तमान राष्ट्रपति डा. रामबरण यादवको विदाई पनि गरिँदैछ ।
bidya bhandari
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार अपरान्ह ३ बजे आयोजना हुने विशेष समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठबाट राष्ट्रपति भण्डारीले शपथ लिने कार्यक्रम तय भएको छ । शपथग्रहण समारोहमा पहिला नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारी पुग्नेछिन् । त्यसलगत्तै निवर्तमान राष्ट्रपति रामवरण यादव आउनेछन् । नवनिर्वाचित राष्ट्रपति भण्डारीको सपथ ग्रहण पश्चात राष्ट्रपतिको कुर्सी साटासाट गरी निवर्तमान राष्ट्रपति डा. यादवले पदभार हस्तान्तरण गर्नेछन् ।
यादवको सम्मानमा नेपाली सेनाले सम्मान गारथ अर्पन गर्नेछन् । त्यसपछि शपथ ग्रहण सुरु हुनेछ । शपथ ग्रहणपछि नेपाली सेनाले नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई सम्मान गारथ अर्पण गर्नेछ । त्यसको केही समयपछि शीलत निवासकै दक्षिणतर्फको बगैंचामा सरकारले पहिलो राष्ट्रपति यादवको बिदाइमा आयोजना गरेको कार्यक्रममा यादव सहभागी हुनेछन् । समारोहमा राष्ट्रपति यादवले बिदाई सन्देश दिने तयारी गरेका छन् ।
सम्बोधनपछि यादवलाई लैजचौर रिसल्लामा लगिनेछ । त्यहाँबाट भने यादव गाडीमा चढेर भीभीआईपी सुरक्षासहित बागडोल नयाँ निवासतर्फ जानेछन् । यादवका लागि बागडोलमा सरकारले निकै सुविधासम्पन्न घर व्यवस्था गरेको छ ।
निवर्तमान राष्ट्रपति डा. रामवरण यादवले नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई राष्ट्रपतिको कुर्सी दिएपछि उनी वैधानिक रुपमा पूर्व राष्ट्रपति हुनेछन् ।
यादव २०६५ साउन ६ गते गणतन्त्र नेपालको प्रथम राष्ट्रपति चुनिएका थिए ।

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment