|
। गत वर्ष किर्गिस्तानमा भएको एएफसी यू–१६ छनोटमा नेपाल दोस्रो हुर्दै अर्को वर्ष सेप्टेम्बरमा हुने च्याम्पियनसिपका लागि छनोट भएको थियो ।
नेपालले किर्गिस्तानमा जोर्डनलाई २–१ र घरेलु टोलीलाई ४–२ ले पराजित गरेको थियो । अन्तिम खेलमा ओमानसँग पराजित भए पनि नेपाल ५ उत्कृष्ट उपविजेता भएर च्याम्पियनसिपमा छनोट भएको थियो ।
नेपाललाई १४ हजार ५ सय अमेरिकी डलर जरिवाना लगाउनुका साथै नेपालले विजय हात पारेको खेलको नतिजा पनि खोसिएको छ । कार्वाहीपछि नेपालले खेलेको खेलहरुमा विपक्षीलाई ३–० को नतिजा दिइएको छ ।
क्वालालम्पुरको होटल मेजेस्टिकमा भएको छैटौं एएफसी अनुशासन समितिको बैठकले यो निर्णय गरेको एएफसीले जनाएको छ । प्रकाशित: कार्तिक ९, २०७२
|
0 comments:
Post a Comment