|
ऐश्वर्या राय, कट्रिना कैफजस्ता सुन्दर नायिकासँगको रिलेसनसिप र त्यसपछिको ब्रेकअपले सलमानलाई सधैं चर्चामा राख्यो। असफल प्रेमका कारण ब्याड ब्वाईको छवि बनाएका सलमान यति बेला भने एक विदेशी युवतीको प्रेममा रहेको गुपचुपमा हल्ला भइरहेको छ। पछिल्लो समय त सलमान उनै गर्लफ्रेन्ड लुलिया भन्तुरसँग गोप्य रूपमा इन्गेजमेन्ट नै भएको सनसनी फैलिएको छ।
सलमानकै फार्म हाउसमा छुट्टी मनाइरहेकी भनिएकी लुलियाको औंलामा सुनौलो औंठी देखिएपछि इन्गेजमेन्टको लख काट्नेका लागि यति बेला सजिलो भएको छ। त्यसो त यी दुई कैंयनपटक सार्वजनिक स्थानमा प्रेमभावमा साथै हिँडिरहेको पनि पापाराजीले भेट्दै आएका छन्। फिल्म बजरंगी भाइजानको सुटिङताका त दुईबीचको डेटिङ निकै बाक्लो हुने गरेको युनिटकै अन्य सदस्यहरूले बताएका छन्। लुलिया खुल्लमखुल्ला सलमानलाई भेट्न सुटिङ स्पटमै पनि कैंयनपटक पुगेकी थिइन्।
इन्गेजमेन्टको सनसनी फैलिइरहेका बेला सलमान भने मौनता साँधेर बसिरहेका छन्। बरु उनी बिग बोसको नयाँ सिजनको लागि व्यस्त भइरहेका छन् भने नयाँ फिल्म सुल्तानको सुटिङका लागि पनि व्यस्त देखिएका छन्। रोमानियाली टीभी प्रिजेन्टर लुलिया भने पाँच सातादेखि स्वदेश फिरेकी छन् भने उनी निकट स्रोतले सलमानसँग इन्गेजमेन्ट भएको दाबी दिँदै आगामी वर्ष विवाह हुने जिकिर गरेको समाचारमा उल्लेख छ। प्रकाशित: कार्तिक ९, २०७२
|
0 comments:
Post a Comment