कतारले बन्यो कामदारका लागि नयाँ कानुन

काठमाडौँ १२ कार्तिक । लामो समयपछि बल्ल कतारमा नयाँ ‘स्पोन्सरसिप’ (कफला) सम्बन्धी कानुन जारी भएको छ । कतारले सुधार गरेर स्पोन्सरसिप (कफला) सम्बन्धी कानुनलाई मंगलबार परिमार्जन गरेको हो । परिमार्जित नियम अनुसार अब कतारमा काम गर्न जाने नेपाली कामदारको स्पोन्सरसिप करारपत्र अनुसार हुनेछ । आजको राजधानी दैनिकमा खबर छ ।

हालको नियममा करारपत्र सकिएपछि कम्पनी र व्यक्तिले अनुमति नदिएसम्म आफ्नो घर फिर्न नपाउने नियम थियो । अबको नयाँ कानुनले स्पोन्सरलाई कामदार बाहिर जानलाई रोक्ने अधिकार दिएको छैन । यदि गैरकानुनी काममा संलग्न भएको छ भने अदालत र कानुनी निकायले मात्रै रोक्न सक्छ ।


यो सरकारी राजपत्रमा जारी भएको मितिले एक वर्षपछि मात्रै कार्यान्वयन हुने बताइएको छ । श्रम मन्त्रालयका अनुसार अब करारपत्र दुई थरीको हुनेछ भने अर्कोमा समय तोकिएको हुँदैन । समय तोकिएको भए करारपत्रको अवधि सकिएलगत्तै कामदार आफ्नो मुलुक फिर्ता हुन पाउने छन् ।


त्यसैगरी, अर्को कम्पनीमा काम गर्न जाने भए पनि बाटो खुल्नेछ । एउटै कम्पनीमा अनिश्चित करारपत्र सम्झौता गरी काम गरेमा उसले पाँच वर्षपछि मात्रै नो अब्जेक्सन लेटर पाउनेछ ।

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment