|
काठमाडौँ १२ कार्तिक । नेपाल आयल निगमले चीनले अनुदानमा दिने पेट्रोल लिन जान ट्यांकरहरुलाई तयारी अवस्थामा राखेको छ । साथै, उसले चीनबाट पेट्रोल ल्याउन आफ्नो तर्फबाट ढिलाइ नभएको स्पष्ट पारेको छ । आजको राजधानी दैनिकमा खबर छ।
निगमले ४० वटा ट्यांकर चीनको केरुङ पठाउन लागेको छ । त्यसका लागि सबै कागजी प्रक्रिया र तयारी सकिएको छ । ‘हाम्रो तर्फबाट हुनुपर्ने सबै तयारी पूरा भएको छ,’ निगम प्रवक्ता दीपक बरालले भने,‘अब ट्यांकर चीन जान तयारी अवस्थामा छन् ।’ निगमका अनुसार सबै ट्यांकरका कागजात तयार भएका छन् ।
|
0 comments:
Post a Comment