स्वारेजको ह्याट्रिकमा बार्सिलोनाको जित

http://www.annapurnapost.com/Modules/News/Image/Default/काठमाडौं : लुइस स्वारेजले ह्याट्रिक गरेपछि डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले स्पेनिस ला लिगामा इबरलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । 
 
यो सिजनको उपाधि होडमा रियल मड्रिडसँगै समान २१ अंक रहेको बार्र्सालाई जित दिलाउने क्रममा स्वारेजले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरे । 
 
एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै खेलको २१ औं मिनेटमा रामिरेजको पासमा गोल गरेका स्वारेजले दोस्रो हाफमा नेइमारसँगको तालमेलमा दुई गोल गरे । उनले खेलको ४८ औं र ८५ औं मिनेटमा गोल गरेका थिए । 
प्रमुख स्ट्राइकर लियोनेल मेस्सीबिना मैदानमा उत्रेको बार्सालाई स्वारेजले निराश नपारी तीन अंक दिलाउन सफल भए । 
 
इबरका लागि भने खेलको १० औं मिनेटमै बास्टोनले गोल गरेका थिए । तर, स्वारेजले इबरको अग्रतामात्रै तोडेनन्, जित पनि निकाले । 
 
गएराति नै भएको अर्को खेलमा एथलेटिको मड्रिडले बलियो प्रतिद्वन्द्वी भ्यालेन्सियालाई २–१ ले हरायो । अर्को खेलमा लेभान्टेलाई रियल सोसिडले ४–० ले पराजित गर्यो । त्यस्तै सेभिल्लाले गेताफेलाई ५–ले पराजित ग¥यो । 
 
गएरातिका खेलहरुपछि २१ अंककासाथ रियल मड्रिड लिगको शीर्ष स्थानमा छ । त्यस्तै समान २१ अंक नै रहेको बार्सिलोना लिगको दोस्रो स्थानमा छ । 
 
१९ अंक भएको एथलेटिको मड्रिड तेस्रो र १८ अंकसहित सेल्टा भिगो चौथो स्थानमा रहेको छ । 
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment