|
एलोभेरा जुसमा क्याल्सियम, सोडियम, आइरन, पोटासियम, क्रोमियम, मैगनीज, ताम्बा जस्ता खनिज पदार्थ पाइन्छ।
एलोभेरामा १८ धातु, १५ एमिनो एसिड, र १२ थरीका भिटामिन पाइन्छ। यसले शरिरमा रगतको मात्राको कमीलाई कम गर्नुका साथै शरिरमा प्रतिरोधी क्षमतामा बृद्धी गर्छ । एलोभेरा जुस गर्भासयको रोग तथा पेटको विकार नष्ट गर्नका लागि समेत फाइदा पुर्याउँछ। गर्मी, वर्षाका कारण हुने विभिन्न समस्याबाट समेत यसले मुक्ति दिने गर्छ। गुलाब जलमा एलोभेराको रस मिसाएर अनुहारमा लगाउनाले अनुहारमा चमकता आउँछ।
थाहा पाऊ एलोभेराको जुस पिउनुले हुने फाइदाहरू.....
-प्रदुषण, जंक फुड, अनहेल्दी लाइफ स्टाइल, स्मोकिङ र ड्रिकिङ्ग आदीबाट शरिरमा बेफाइदा हुने गर्छ र यी खानेकुराले शरिरमा बिकार तत्व बढि मात्रामा निकाल्ने गर्छ । एलोभेरा जुसको नियमित सेवन गर्नाले यी सबै विकार पदार्थ बाहिर निस्किने गर्छन्।
- दैनिक रूपमा एक गिलास एलोभेरा जुस पिउनाले तौल घट्छ साथै यसको प्रयोगले बारम्बार भोक लाग्ने समस्याबाट समेत मुक्ति पाइन्छ। साथै, मधुमेह नियन्त्रण गर्न पनि मद्दत गर्छ।
-एलोभेराको जुसले दाँतको पहेलोपन पनि कम गर्छ। यसको दैनिक प्रयोगले दाँतमा हुने किटाणु नष्ट हुन्छ। सासमा हुने दुर्गन्ध समेत यसले कम गर्छ।
-एलोभेराको जुस एक हिसाबले शक्ति दिने पदार्थ हो। यसको नियमित प्रयोगले शरिरलाई दिनभर शक्ति प्रदान गर्छ र स्फूर्त राख्न मद्धत गर्छ। यसले रो प्रतिरोधी क्षमतालाई पनि बृद्धी गर्छ।
-एलोभेरा जुसले रगतको कमीलाई पनि कम गर्छ। एलोभेराको ६ देखी ८ इन्च तासिएको टुक्रा, ५/७ वटा तुलसीकोप पत्ता र ४/५ वटा नीमको पात लिएर थोरै पानीमा हालेर पिस्ने र यसलाई तातो काढाँ बनाएर पिउनाले एनीमिया सञ्चो हुन्छ।
-एलोभेराको जुसले छालालाई समेत फाइदा पुर्याउँछ। यसको नियमित प्रयोगले छालामा चमकता ल्याउनुको साथै स्वस्थ समेत राख्छ। यस्तै, यसले कपाललाई पनि स्वस्थ राख्ने र रूखोपनलाई कम गर्ने गर्छ।
-एलोभेराको जुसले रगतको सञ्चालनलाई ठिक गर्छ। यसले रक्त चापका रोगीलाई पनि निकै फाइदा पुर्याउँछ। यस्तै, मुटुका बिरामीका लागि पनि यो निकै उपयोगी हुन्छ।
|
0 comments:
Post a Comment