|
काठमाडौँ १० कातिक । भोलि बुधवार हुने राष्ट्रपतिय चुनावका लागी राष्ट्रपतिमा तीनजनाको उम्मेदवारी दर्ता भएको छ। उम्मेदवारी दर्ता हुनेमा एमालेबाट विद्यादेवी भण्डारी ,कांग्रेसका तर्फबाट नेता केबी गुरुङ र नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएको छन् ।
एमालेबाट राष्ट्रपतिमा उम्मेदवार विद्यादेवी भण्डारीको प्रस्तावकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समर्थकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा रहेका छन् । कांग्रेसका नेता केबी गुरुङको प्रस्तावकमा काँग्रेसका महामन्त्री प्रकाशमान सिंह र समर्थकमा अर्का महामन्त्री कृष्णप्रसाद सिटौला छन्। त्यसैगरी नेमकिपाका राष्ट्रपति उम्मेदवार नारायण महर्जनका प्रस्तावकमा नेमकिपा पार्टीकै सांसद प्रेम सुवाल र समर्थकमा डिल्लीप्रसाद काफ्ले रहेका छन्।
राष्ट्रपतिमा उम्मेदवारी दर्ताका लागि मंगलबार बिहान १० बजेदेखि एक बजेसम्म तोकिएको छ। बुधबार (भोलि)बिहान ११ बजेदेखि २ बजेसम्म मतदान हुनेछ।
|
0 comments:
Post a Comment