विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, प्रदर्शनकारीद्धारा ३ वटा सुतली बम र पेट्रोल बम प्रहार :: Read More News ::

विराटनगर, १० कात्तिक - विराटनगरको जतुवामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। सोमबार राति भएको झडपका क्रममा प्रहरीले ११ राउण्ड हवाइ फायर तथा पाँच सेल अश्रुग्यास प्रहार गरेको थियो।

भारतबाट समान लिएर आएका गाडीलाई स्कर्टिङ गराउने क्रममा प्रदर्शनकारीले बाटो अबरुद्ध गर्न थालेपछि झडप भएको प्रहरीले जनाएको छ। गाडी स्कर्टिङ गराउन खोजेको अबस्थामा सडकमा प्रदर्शनकारीले मुख्य सडकमा मोबिल र सिसा बिछ्याएको पाइएको र त्यसो नगर्न प्रहरीले पटक पटक सम्झाउँदा पनि नटेरेपछि ती सामग्री हटाउने क्रममा प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरेको मोरङका प्रहरी नायव उपरिक्षक प्रमोद खरेलले बताए।

झण्डै एक हजारको संख्यामा आएका प्रदर्शनकारीले प्रहरीलाई लक्षित गरेर ३ वटा सुतली बम तथा एउटा पेट्रोल बम प्रहार गरेको डिएसपी खरेलले जानकारी दिए।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment