मधेसी मोर्चा रुपन्देहीले सीमा क्षेत्रमा भइरहेको पेट्रोलियम पदार्थको कालोबजारीलाई पूर्ण रुपमा निषेध गर्ने :: थप समाचार >

मधेसी मोर्चाले पेट्रोलियम पदार्थको कालोबजारी रोक्ने

लुम्बिनी (रुपन्देही), ९ कात्तिक । विगत अढाइ महिनादेखि आन्दोलन गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रुपन्देहीले सीमा क्षेत्रमा भइरहेको पेट्रोलियम पदार्थको कालोबजारीलाई पूर्ण रुपमा निषेध गर्ने जनाएको छ । 

मधेसका मागलाई संविधानमा लिपिबद्ध गर्नुपर्ने माग राख्दै आएको मोर्चाले पेट्रोलियम पदार्थको कालोबजारीका कारण आन्दोलनलाई असर पुगेको भन्दै पेट्रोलियम पदार्थको कालोबजारीलाई नियन्त्रण गर्ने जनाएको हो । 

पेट्रोलमा कालोबजारी गर्ने तथा तेल ओसारपसार गर्नेलाई सुरुमा सम्झाउने र सम्झाउँदा सम्झाउँदै पनि नमाने पेट्रोलिय पदार्थ कब्जा गरेर पोख्नेसम्मको कार्यकर्तालाई अधिकार दिने मोर्चाका रुपन्देही संयोजक महेन्द्र यादवले जानकारी दिनुभयो । 

साथै मोर्चाले आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने समेत बताएको छ । दसैँलाई दृष्टिगत गरी असोज २९ देखि कात्तिक ९ गतेसम्म खुकुलो पारिएको थियो । 

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रुपन्देहीले आज भैरहवामा पत्रकारसम्मेलन गरी मोर्चाले अबको आन्दोलन निर्णायक आन्दोलन बनाउने बताउनुभयो । - http://www.dcnepal.com/images/news/10/big/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment