सुशील निवासमा बसेको कांग्रेस बैठकले राष्ट्रपतिबारे यस्तो निर्णय गर्‍यो

काठमाडौँ : नेपाली काँग्रेसले राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनमा अन्य दलसँग छलफल गरी निर्णय लिने भएको छ । 
 
व्यवस्थापिका–संसद्मा पर्सि कात्तिक ११ गते ती पदमा निर्वाचन हुने कार्यक्रम रहेको छ। व्यवस्थापिका–संसद्मा सबैभन्दा ठूलो दलका रुपमा रहेको नेकाले ती पदमा पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार छनोट गरिसकेको छैन । 
 
पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा आज बसेको पार्टी पदाधिकारी बैठकले संसद्मा रहेका दलसँग छलफल गरी ती पदमा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको बैठकपछि उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए।
 
नेकाको कात्तिक ७ गते बसेको पदाधिकारी बैठक र सोही दिन बसेको केन्द्रीय समिति बैठकले ती पदमा उम्मेदवारी दिने निर्णय गरेको थियो। निर्वाचन नजिकिँदै गर्दा दलहरुको सक्रियता बढ्दै गएको छ । रासस 
http://annapurnapost.com/Modules/News/Image/Default/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment