|
यहाँ हामीले समुन्द्र शास्त्रमा उल्लेख भए अनुसार शरीरको कुन अंगमा भएको कोठीको अर्थ के हुन्छ भनेर चर्चा गरेका छन्:
१ जसको आँखाको सिधा तल कोठी हुन्छ उनीहरु कामूक हुन्छन्। यस्ता ब्यक्ति प्रेममा भावुक बन्छन्। यिनीहरु सहयोगी पनि हुन्छन्।
२ औंलामा कोठी भएको ब्यक्ति कार्यकुशल, व्यवहारकुशल र न्यायप्रिय हुन्छन्।
३ चोर औंलामा कोठी हुने ब्यक्तिक विद्वान गुणबान र धनवान हुन्छन्। तर यिनीहरुका शत्रु भने धेरै हुन्छन्।
४ दायाँ आँखाको कुनामा कोठी भएमा यस्ता ब्यक्ति भावुक हुन्छन्। यस्ता ब्यक्ति अलि डाहाढे स्वभावका हुन्छन्।
५ माझी औंलामा कोठी भएमा त्यस्ता ब्यक्ति सुखी हुन्छन् र त्यस्ता ब्यक्तिको शान्तिपूर्ण जीवन हुन्छ।
६ जुन ब्यक्तिको आँखाको तल नाकको छेउँमा कोठी हुन्छ त्यस्ता ब्यक्ति अलिक रहस्यमय हुन्छन्। यिनीहरुलाई बुझ्न कठिन हुन्छ।
७ यदि कुनै ब्यक्तिको कोठी नाकको फेँदमा छ भने यस्ता ब्यक्ति कल्पनाशील हुन्छन्। यस्ता ब्यक्तिको काम गर्ने शैली रचनात्मक हुन्छ।८ जसको देव्रे आँखामा कोठी हुन्छ यस्ता ब्यक्ति झगडा गर्न तम्सिने र प्रेम पाउन अपराध समेत गर्ने स्वभावका हुन्छन्।
९ बायाँ आँखाको परेलोमा कोठी भएमा त्यस्ता ब्यक्तिको दिमाग तेज हुन्छ यस्ता ब्यक्ति कुटनीतिक ब्यवहार गर्न जान्ने हुन्छन्।
१० दायाँ गालामा कोठी हुने ब्यक्ति कामुक हुन्छन्। यिनीहरु प्रेमी वा पार्टनरसँग झगडा गरिरहन्छन्।
११ नाकको बायाँ पट्टी कोठी भएमा यस्ता ब्यक्ति कलात्मक हुन्छन्। यस्ता ब्यक्तिको प्रेम सम्बन्ध प्रगाढ हुन्छ भने चामत्कारिक काम पनि गर्छन्।
१२ दायाँ ओंठमा कोठी भएमा त्यस्ता ब्यक्तिको स्वभाव मौलिक हुन्छ। यिनीहरुको कल्पना शक्ति उत्तम हुन्छ।
१३ बायाँ गालामा कोठी हुने ब्यक्तिको बौद्धिक क्षमता उच्च हुन्छ। जीवन भने एकनाशको हुन्छ।
१४ जसको चिउँडोमा कोठी हुन्छ त्यस्ता ब्यक्ति अलि परंपरावादी सोंचका हुन्छन्।
१५ बायाँ ओंठमा कोठी हुने ब्यक्ति बढी कामुक हुन्छन्। कामुकताकै कारण यस्ता ब्यक्तिलले जीवनमा समस्या पनि झेल्नु पर्ने हुन्छ।
१६ दाहिने खुट्टामा कोठी हुने ब्यक्ति बुद्धीमान हुन्छन् तर खर्चालु स्वभाव हुन्छ्।
१७ गर्धनमा कोठी हुने ब्यक्तिलाई बढि आराम चाहिन्छ र आराम पनि मिल्छ।
१८ नाकमा कोठी हुने ब्यक्तिले यात्रा धेरै गर्छन्।
१९ दाहिने हत्केलामा कोठी हुने ब्यक्ति बलबान हुन्छन्। बायाँ हत्केलामा कोठी हुने ब्यक्तिको स्त्रीसँगको प्रेम बढी र बलियो हुन्छ।
२० दाइने आँखामा कोठी भएमा यस्ता ब्यक्तिले आफ्नी स्त्री पार्टनरलाई अत्याधिक प्रेम गर्छन्। तर बायाँ आँखामा कोठी भएमा स्त्रीसँग झगडा हुन्छ। दाम्पत्य जीवन पनि सुखद् हुँदैन।
२१ दायाँ गालामा कोठी हुने ब्यक्ति धनी हुन्छन्। यस्ता ब्यक्तिलाई पैतृक सम्पति पनि मिल्छ। तर बायाँ गालमा कोठी हुँदा भने खर्चालु हुन्छन्।
२२ ओंठमा कोठी हुने ब्यक्तिको सोंच केवल काम बासनामा केन्द्रित हुन्छ। कानमा कोठी हुने ब्यक्ति अल्पायुका हुन्छन्।
२३ कान्छी औंलामा कोठी हुने ब्यक्ति दुःखी हुन्छन्।
२४ दायाँ हातमा कोठी हुने ब्यक्ति झगडालु हुन्छन्।
२५ दायँ छातीमा कोठी हुने ब्यक्ति स्त्रीसँग नजिकिन्छन्। पत्निलाई पनि अधिक प्रेम गर्छन्। बायाँ छातीमा कोठी हुने ब्यक्तिको भने कसै न कसैसँग झगडा भैरहन्छ। -
|
0 comments:
Post a Comment