महिला राष्ट्रपतिमा भण्डारी निर्वाचित हुँदा संसद देखि सडकसम्म देखिएको दृश्य (भिडियो सहित) - See more at:

काठमाडौं, ११ कात्तिक । बुधबार मुलुकले दोश्रो तथा प्रथम महिला राष्ट्रपतिका रुपमा एमाले उपाध्यक्ष विद्या देवी भण्डारीलाई पाउँदा व्यवस्थापिका संसद देखि सडकसम्म रौनक छाएको छ । बुधबार बिहान ११ बजेदेखि २ बजे सम्म भएको राष्ट्रपतिको निर्वाचनको परिणाम साँझ बसेको व्यवस्थापिका संसदको बैठकमा सभामुख ओनसरी घर्तीले १ सय १३ मतले आफ्नो प्रतिद्वन्द्वी कुलबहादुर गुरुङलाई पराजित गर्दै ३ सय २७ मत ल्याएर भण्डारी निर्वाचित भएको घोषणा गरेकी हुन् । - भण्डारी निर्वाचित भएको घोषणा सँगै सांसदहरुले टेबुल ठट्टाएर विजयोत्सव मनाउँदा संसद बैठकमा गुञ्जियमान भएको थियो । मतदान प्रक्रियामा कुल सदस्य संख्या ५ सय ९७ मध्ये ५ सय ४९ सांसदहरुले मत दिएका थिए । जसमा ५ सय ४१ मत सदर तथा ८ मत बदर भएको थियो । गुरङले २ सय १४ मत पाएका थिए भने बाँकी अनुपस्थित भएका थिए ।
संसद बैठकमा भण्डारी राष्ट्रपतिमा निर्वाचित भएको घोषणासँगै मुलुकभर विजयोत्सव मनाउन सुरु भएको छ । काठमाडौंका चोक–चोकमा विजयोत्सवक मनाउन थालिएको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment