|
कृषिमन्त्रालयअन्तर्गत व्यवसायिक कीट निर्देशनालयले रेसम खेतीलाई व्यवसायीकरण र आधुनिकीकरण गर्दै जाने रणनीति छ। सोही नीतिअनुरुप सरकारले रेसम किरा उत्पादन, बजार व्यवस्थापन गन सहयोग गरेसँगै काभ्रेका किसान रेसम खेतीतर्फ आकषिर्त हुँदै गएको छ।
रेसम खेतीबाट थोरै समयमा बढी मुनाफा हुने गरेको पुरानो गाउँ २ का उद्धव खरेलले बताए। एक पटक लगाएको किम्बुको बिरुवालाई २० वर्षसम्म काममा लगाउन सकिने भएकाले पहिलो वर्ष केही बढी लगानी गर्नुपर्ने भएपनि अर्कोवर्षबाट सहज हुने उनले बताए। ११ रोपनी जमिनमा १० हजार किम्बुका विरुवा लगाएका उनले वर्षमा ६ लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्न सकिने बताए।
|
0 comments:
Post a Comment