भोलि प्रधानमन्त्रीले राजीनामा दिन सक्ने :: Read More News >>

काठमाडौं, १४ असोज– संविधानसभाबाट संविधान जारी भएपछि नयाँ सरकार निर्माणका लागि व्यवस्थापिका संसद्को बैठक भोलि बस्दैछ ।

बैठकमा भोलि प्रधानमन्त्री सुशिल कोइरालाले राजीनामा दिन सक्ने संकेत गरेका छन् । भावी प्रधानमन्त्रीका दाबेदारका रुपमा रहेका एमाले अध्यक्ष केपी ओलीले यस्तो संकेत दिएका हुन् ।

ओलीले बिहीबार काठमाडौंको होटल अन्नपूर्णमा विदेशी सञ्चारमाध्यमका नेपालस्थित पत्रकारहरुसँग भएको अन्तरक्रियामा प्रधानमन्त्रीले राजीनामा दिन सक्ने संकेत गरेका हुन् ।

प्रधानमन्त्रीको राजीनामा भोलि नै हुन्छ ? भन्ने पत्रकारहरुको जिज्ञासामा उनले सकारात्मक प्रतिक्रिया दिएका थिए ।

नयाँ संविधानमा संसद् बैठक शुरु भएको सात दिनभित्र नयाँ प्रधानमन्त्री छानिसक्नुपर्ने प्राबधान छ । भोलि ब्यवस्थापितका संसदको बैठक बोलाइएको छ । 
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment