|
काठमाडौँ १२ कार्तिक । एक सातादेखि इन्धन नभित्रिएको नेपालको पुर्वी नाका रानीभन्सार बाट गए राति ५३ ट्यांकर नेपाल भित्रिएको छ । बिराटनगर भन्सार कार्यलयका अनुसार भारतीय पक्षले राति १० बजेपछि ३८ ट्यांकर डिजल र १५ ट्यांकर पेट्रोल पठाएको हो ।
बिराटनगर भन्सारबाट बुधवार रातभरमा इन्धन लगाएतका अन्य मालवहाक ट्रक २ सय ५४ वटा भित्रिएका छन । यस्तै काँकडभिट्टा नाका हुदै गए राति ५ ट्यांकर पेट्रोलियम पदार्थ भित्रिएको मेची भन्सार कार्यलयले जनाएको छ ।
|
0 comments:
Post a Comment