अान्दोलनकारीका निसानामा यात्रु बस, जति सिसा फेर्यो उती फुटाउँछन् (फोटोसहित)

कलंकीहुँदै राजधानी छिर्दै गरेको बस। अघिकांस यात्रु बसका सिसा अान्दोलनकारीले फोडेका छन्। तस्विरः टेकनारायण भट्टराइझापा–लामो समयदेखि जारी तराई तनावले यातायात क्षेत्र ज्यादै असुरक्षित बनेको छ। झापाबाट राजधानीसहित पश्चिम नेपालका लागि छुट्ने यात्रुबस मध्ये ज्यादै थोरै मात्रै सद्दे छन्। बाँकी सयौं बस तोडफोडसहितको आक्रमणको निसानामा परेका छन्।
अढाई महिनाभन्दा बढी समयदेखि तराई क्षेत्रमा रहेको अशान्तिको सबैभन्दा ठूलो क्षति यातायात क्षेत्रले व्यहोरिरहेको छ। यातायातका साधन सबैभन्दा ठूलो निशानामा परिरहेका छन्। मध्य तराईका अधिकांश जिल्लामा रात्री बसमाथि तोडफोड भइरहेको छ। '८० प्रतिशतभन्दा धेरै सवारीसाधनमा तोडफोड भएको छ, गाडी सद्दे छैनन्', हिमाल यातायात व्यवसायी संघका सल्लाहकार शेखर शर्मा गुरागाईं भन्छन् – 'हिमाल यातायातका ६२ वटामध्ये १२ वटा जति गाडी सद्दे छन् ।'

मेची अञ्चलबाट दैनिक २ सयभन्दा धेरै यात्रुबाहक बस छुट्ने गरेका छन्। तर, इन्धन अभावका कारण दसैमा समेत झापासहित मेची अञ्चलबाट आधाभन्दा कम सवारीसाधन चलेका छन्। 'स्कटिङ गरेरै यातायातका साधन सञ्चालन भइरहेका छन्', झापा ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर रोशन आचार्यले भने, 'तर, धेरै बसमा तोडफोड भएको छ।'

असुरक्षाको चरम समस्या झेल्दै गरेको यातायात क्षेत्रमा कार्यरत चालक र मजदुरले हेल्मेट प्रयोग गरिरहेका छन्। 'असुरक्षाको मार यातायात व्यवसायीले भोगिरहेका छन्', उज्यालो यातायात व्यवसायी संघका सहसचिव केवलराम राईले भने, 'जोखिमपूर्ण तरिकाले गाडी सञ्चालित छन्।' राईका अनुसार उज्यालोका ८ वटामध्ये ४ वटा काठमाडौं रुटका बसका सिसा फुटेका छन्। सबै चालकलाई हेल्मेट दिइएको उनले बताएका छन्।

यातायात व्यवसायीहरुका अनुसार पूर्वबाट काठमाडौं उपत्यकासहित पश्चिमी क्षेत्रमा जाने सवारीसाधनमध्ये धेरै जसोमा मध्य तराईमा आक्रमण भएको छ। काठमाडौं जाने सवारीसाधनलाई उच्च जोखिममा रहेको इटहरीबाट ढल्केबरसम्मको इलाकामा सुरक्षाकर्मीले निगरानी गर्दै आएका छन्। मेची बस व्यवसायी संघका ४५ सहित २ वटा सवारीसाधन सञ्चालनमा रहे पनि अहिले इन्धन अभावले सीमित सवारी साधन गन्तव्यतर्फ प्रस्थान गर्ने गरेका छन्। चस्मा र हेल्मेट लगाएर गाडी हाँके पनि आन्दोलनकारीको आक्रमण कहिले भोग्नु पर्ने हो भन्ने पत्तो नहुँदा चालकहरु त्रासदीमा छन्।

आन्दोलनकारीको आक्रमणबाट सिसा फुटेपछि त्यसको विकल्पमा प्लाष्टिकको प्रयोग गर्न यातायात व्यवसायी विवश छन्। 'बैंकको किस्ता तिर्न धौ–धौ छ, भगवान भरोशामै गाडी चलाइँदैछ', महासचिव राईले भने, 'यातायातको सुरक्षा गर्न राज्यको उपस्थिति छैन, ८ लाख क्षति भइसक्यो, यात्रुकै सुविधाकै लागि मात्रै गाडी चलाएका हौं।' उनले चालक र कर्मचारीको सुरक्षा गर्नका लागि सिसा फुटेपछि विशेष किसिमको प्लाष्टिकको प्रयोग गरिएको बताएका छन्। 'यात्रुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउनु हाम्रो दायित्व हो', राईले भने, 'समस्या समाधानको दायित्व सरकारको हातमा छ, स्थिति भयावह हुनुअघि नै समाधान खोजिनुपर्छ।'
IMG 2786
तस्विरः टेकनारायण भट्टराइ
यातायात व्यवसायी गुरागाईंका सिसा जोगाउन जाली पनि लगाइएको छ । संघसम्वद्ध सवारीसाधनमा भएको तोडफोडबाट १८ लाखभन्दा धेरैको क्षति भइसकेको उनले बताए। दशैंतिहारपछि पनि स्थिति नसुध्रिए यातायात सञ्चालन गर्न नसकिने गुरागाईंले प्रष्ट्याए । उनले भने, 'प्लाष्टिक, कार्टुन र हेल्मेटको भरमा सधैं गाडी चलाउन सकिँदैन।'

यातायात व्यवसायीले दशैंतिहारको बेला पनि किस्ता तिर्न नसकिएको बताएका छन्। भूकम्पपछि अस्तव्यस्त यातायात क्षेत्र तराई–मधेशमा सुरु भएको आन्दोलनमा तारो बन्न पुग्यो । नेपालमा अशान्ति र भूकम्पको क्षतिपछि आन्तरिक र बाह्य पर्यटक नआएपछि लामो दूरीका बस खाली–खाली कुदिरहेका छन् । 'यात्रु नआएपछि किस्ता तिर्न सकिरहेका छैनौं', गुरागाईंले थपे, 'लिलाम हुने जोखिमले ऋण खोजेर किस्ता तिर्नुपरेको छ।'
- See more at: http://nagariknews.com/main-story/story/47656.html#sthash.v3Zo1lvS.dpuf
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment