बसमा पेट्रोलियम बोक्न प्रतिबन्ध

http://www.annapurnapost.com/Modules/News/Image/Default/नेपालगन्ज : ग्यालिनमा राखेको पेट्रोलका कारण यात्रुवाहक बसमा आगलागी भएपछि बाँके प्रहरीले यात्रु बसमा पेट्रोल ओसारपसार गर्न प्रतिबन्ध लगाएको छ । 
 
नेपालगन्जबाट बस वा अन्य सवारी साधन मार्फत ग्यालिन र बोत्तलमा राखेर पेट्रोल बाहिरी जिल्ला लैजान कडाई गरिएको बाँके प्रहरीले जनाएको छ । 

यसअघि सर्वसाधारणले नेपालगन्जबाट सञ्चालन हुने रात्री तथा दिवा बसको डिक्कीमा राखेर काठमाडौँ लगायत अन्य जिल्लामा पेट्रोल लैजाने गरेका थिए । 
 
फूलपातीको दिन पूर्व–पश्चिम राजमार्ग अन्तरगत खासकुश्मा–८ चप्परगौडीमा यात्रुवाहक बसमा  आगलागी भएको थियो । 
 
पेट्रोलियम पदार्थ बोकेर  बुटवलबाट नेपालगन्ज आउँदै गरेको लु १ ख ५८२८ न बसमा असोज ३ गते दुर्घटना भई आगलागी हुदा ८  जनाको मृत्यु भएको थियो । 
 
मृत्यु हुनेमा अर्घाखाची हंसपूर–५ का १८ बर्षीया कल्पना ठकुरी र उनी छोरी २ बर्षिया जानकी ठकुरी रहेका छन । त्यस्तै बाँकेको कोहलपुर–३ का ५२ वर्षीय नरेन्द्र पोखरेल, दामोदर पोखरेल र उनकी ३ बर्षिया छोरी यमुना पोखरेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । 
 
त्यस्तै रुपन्देही वुटवल–१० सुख्खानगर घर हाल नेपालगन्ज–५ गणेशपुर बस्ने १८ वर्षीया सपना गैरे, रुपन्देहीको गजेरी–१ की २६ वर्षीया टुकमाया रानाको मृत्यु भएको छ । 
 
एकजनाको अझै सनाखत हुन सकेको छैन । मृतकहरुको शव चिनिने अवस्थाको नरहे पनि आफन्तले बुझेर लगेको प्रहरीले जनाएको छ । 
 
बसमा भएको पेट्रोलियम पदार्थका कारण बसका आगलागी भएको  प्रहरीले गरेको छ । दाङको लमहीबाट यात्रु पेट्रालका जर्किन राखेको घाइते यात्रुहरुलाई उधृत गदै प्रहरीले जनाएको छ ।
 
बसमा पेट्रोल लैजान नदिन चेकजाँच कडा पारिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त पन्तले बताए । 
 
‘पेट्रोलका कारण ठुला ठुला घटना भइरहेका छन’, उनले भने, ‘त्यसैले यात्रुवाहक बसमा पेट्रोल लैजान रोक लगाएका छौँ, यसको लागि ठाउँ ठाउँ चेकजाँच कडा पारिएको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment