|
काठमाडौँ १० कातिक । चीनबाट ग्यास ल्याएर नेपाली बजारमा वितरण गर्ने उद्योगीले अनुमति पाएका छन् । चीनको छिन्ताई प्रान्तस्थित पेट्रो नेसनल चाइना कम्पनीबाट ग्यास आयात गरी वितरण गर्ने ग्यास उद्योग संघको प्रस्तावलाई आयल निगमले स्वीकृति दिएको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
निगमको स्वीकृतिपछि चीनबाट ग्यास आयात गर्ने बाटो खुलेको एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए । ‘आयल निगमले चीनबाट ग्यास ल्याउन हामीलाई अनुमति दिएको छ,’ घिमिरेले भने । उनका अनुसार चीनको छिन्ताई प्रान्तको गोरम्बोमा सरकारी स्वामित्वको चाइना पेट्रोलियम नेसनल कर्पोरेसनको रिफाइनरी छ । सोही रिफाइनरीबाट उद्योगीले नेपालमा ग्यास ल्याउनेछन् ।तर, उद्योगीले रिफाइनरीबाट २ हजार २ सय किलोमिटर दूरीमा रहेको सिगात्सेबाट ग्यास ल्याउन पहल गर्ने जनाएका छन् ।
‘चीनबाट ग्यास ल्याउन त्यहाँका ढुवानी व्यवसायीसँग हामीले कुरा गरिसकेका छौं । उनीहरुले १४ टन र २८ टन क्षमताका बुलेटमा प्रचलित भाडादर अनुसार ग्यास ढुवानी गरिदिने बताइसकेका छन्,’ घिमिरेले भने ।
|
0 comments:
Post a Comment