वीरगन्जमा ‘ब्याकअफ चाइना’ भन्दै प्रदर्शन

काठमाडौँ १० कार्तिक । तराई-मधेसमा दुई महिना देखि चलिरहेको आन्दोलन बिरोधी गतिविधि गरेको भन्दै मंगलबार वीरगन्जमा चीनको विरोधमा प्रदर्शन भएको छ। ‘ब्याक अफ चाइना’ भन्दै मधेशवादी दलका कार्यकर्ताले विरोध गर्दै वीरगन्जमा जुलुस निकालेका छन्। चीन सरकारले मधेस आन्दोलन तुहाउनैका लागि बिना कुनै सम्झौता नेपाललाई तेल दिन लागेको भन्दै ‘ब्याक अफ चाइना’ जुलुस गरेको हो ।
जुलुस वीरगन्जको घन्टाघरबाट मेनरोड,अलखिया मठ हुँदै पुनः घन्टाघर मै आएर कोणसभामा परिणत भएको थियो। कोणसभामा बोल्ने सबै वक्ताले चीनले नेपाललाई तेल दिन लागेको भन्दै विरोध गरेका थिए ।

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment