|
लन्डन-बेलायतबाट प्रकाशित हुने एभरेष्ट टाइम्स साप्ताहिकका फोटो पत्रकार हरिमान गुरुङ बेपत्ता भएको दुई दिन पछि मृत अवस्थामा फेला परेका छन्। पत्रिकाका मार्केटिङ म्यानेजर ज्ञाम गुरुङका अनुसार उनको मृत शरीर सोमबार दिउँसो हुक र बेजिङस्टोक बीच पर्ने जंगलमा भेटिएको हो। गुरुङ अनुसार उनको मृत्युको कारण भने पत्ता लागि सकेको छैन्।
'अहिले प्रहरीले घट्ना स्थललाई घेराबन्दी गरेर अनुशन्धान गर्देछ तर के कारणले मृत्यु भयो अहिलेनै भन्न सकिन्न' गुरुङले भने। उनी शनिबार साँझदेखि परिवारबाट सम्पर्कबिहीन थिए।
विगत ३ बर्षदेखि सो साप्ताहिकमा कार्यरत गुरुङ शनिबार अल्डरशटस्थित एम्पाएर हाउसमा प्रदर्शन भएको नेपाली चलचित्र वडा नम्बर ६ हेरेर निस्केपछि बेपत्ता भएका थिए।
आइतबार दिउँसोसम्म पनि सम्पर्कमा नआएपछि उनको परिवारले स्थानीय प्रहरीलाई खबर गरेको थियो।
श्रीमति सुनिता गुरुङ र दुई छोरीका साथ अल्डसरमा आफ्नो परिवारसहित बेलायतमा बसोबास गर्दै आएका गुरुङको कार बेजिङस्टक जाने बाटोमा शंकास्पद अवस्थामा फेला परेको थियो।
कास्कीको घान्द्रुकमा जन्मिएका गुरुङ सन् २००६ मा हङकङ हुदैं बेलायत आएका थिए। गुरुङ एभरेष्ट टाइम्स साप्ताहिकमा बिगत ३ बर्षदेखि इभेन्ट फोटोग्राफरका रुपमा कार्यरत थिए

0 comments:
Post a Comment