|
काठमाडौं कात्तिक ११ । चीनले नेपालमा जारी इन्धन संकट मुक्त गराउने बताएको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुन्याङ्ले नेपाल सरकारले अनुरोध गरेबमोजिम इन्धन सहायता उपलब्ध गराएर इन्धन संकटबाट नेपाललाई मुक्त गराउन चीन तयार रहेको बताएकी हुन्।
‘नेपाललाई इन्धन उपलब्ध गराउने विषयमा अहिले हामी गहिरो संवादमा छौं’, चिनियाँ विदेश मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा उनले भनिन्। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
|
0 comments:
Post a Comment