इन्धन लिन चिनियाँ नाकामा ट्यांकर पठाइँदै, निगम पदाधिकारी दूतावासमा

काठमाडौं, ११ कात्तिक । दक्षिणी छिमेकी भारतको नाकाबन्दीका कारण इन्धनको संकट गहिरिएपछि उत्तरी छिमेकी चीनले अनुदानमा दिएको एक हजार मेट्रिकटन इन्धन लिन नेपाली ट्यांकरलाई केरुङ नाकामा पठाइँदैछ ।
संविधानसभाबाट संविधान जारी भए पश्चात जारी राखेको नाकाबन्दीका कारण मुलुकभर इन्धनको चरम संकट भएपछि चीनले दिएको उक्त इन्धन लिन नेपाल आयल निगमले ट्यांकरहरुलाई केरुङ नाकामा पठाउन लागेको हो । यसका लागि अनुमति लगायतका अन्य प्रक्रिया पूरा गर्न काठमाडौंमा रहेको चिनियाँ दूतावासमा अहिले निगमका पदाधिकारी पुगेका छन् ।
प्रक्रिया पूरा भएपछि नेपाली ट्यांकरलाई इन्धन लिन केरुङ नाका पठाउने तयारी निगमले गरेको हो । साथै अनुदानमा मात्रै होइन व्यवसायिक रुपमै चीनबाट इन्धन ल्याउने विषयमा छलफल गर्न मंगलबार नेपाली टोली चीनको बेइजिङ पुगेको छ । मंगलबारै प्रारम्भिक छलफल गरेको सो टोलीले बुधबार निर्णायक छलफल गर्ने बताइएको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment