चीनसँग इन्धन आपूर्तिसम्बन्धमा आज निर्णायक वार्ता हुदै

काठमाडौँ ११ कार्तिक । भारतको नाकाबन्दीले इन्धन संकट गहिरिएपछि चीनसँग वैकल्पिक उपाय खोज्ने क्रममा सरकारले इन्धन आपूर्तिसम्बन्धी सम्झौता गर्न पठाएको नेपाली टोलीले आज (बुधवार) निर्णायक वार्ता गर्ने भएको छ ।

मंगलबार बिहान बेइजिङ पुगेलगतै प्रारम्भिक छलफलमा जुटेको नेपाली टोलीले बुधवार निर्णायक वार्ता गर्ने तयरी गरिरहेको बार्ता टोलीका एक सदस्यले जानकारी दिएका छन् । नेपाली टोलीले मंगलबार बिहान चिनिया विदेश मन्त्रालयका अधिकारीसँग नेपालको अहिलेको इन्धन संकट टार्न चीनले गर्नसक्ने सहयोग बारेमा छलफल गरेको थियो । बार्ता टोलीमा चीनका लागि नेपाली राजदूत महेश मास्केको नेतृत्वमा आठ सदस्यीय प्रतिनिधिमण्डल रहेका छन् ।

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment