|
काठमाडौँ १० कातिक । नाकाबन्दीले अलपत्र परेका भारतीय सवारीका चार दर्जन बढी चालकले घर फिर्ताका लागि वातावरण बनाइदिन भन्दै सोमबारदेखि वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास अगाडि धर्नामा थालेका छन् ।
दिनहु आश्वासन मात्र पाउने गरेकाले बाध्य भएर साँझदेखि दूतावासको २ नम्बर गेट सामुन्ने त्रिपाल ओछ्याएर उनीहरू धर्नामा बसेका हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
‘नाकामा भोकै मर्नुभन्दा आफ्नै सरकारका प्रतिनिधिका अगाडि मर्ने’ भन्दै आफूहरू धर्नामा बसेको भारतको पन्जाबका ट्रक चालक दलजित सिंहले बताए । दूतावासका कर्मचारीले नाकाको अवरोध हटाउन नसकिने बताएपछि आफूहरू धर्नामा बसेको सिंहले जनाए ।
भारत फर्किने मितेरी पुलमा मधेसवादी दलका कार्यकर्ता ३३ दिनदेखि धर्नामा छन् । धर्नास्थलभन्दा करिब ३ सय मिटर दूरीमा भारतीय ट्रक रोकिएका हुन् ।नेपालका विभिन्न सहरमा सामान अनलोड गरी भारत फर्किने क्रममा वीरगन्ज नाकामा करिब ५ सय भारतीय सवारी साधन अलपत्र छन् ।
|
0 comments:
Post a Comment