|
बिहारमा जारी विधानसभा निर्वाचनमा आफ्नो पार्टीको प्रचारमा आयोजित सभामा बोल्दै लालुले मोदीले देशमा साम्प्रदायीकता फैलाउने काम गरिरहेको आरोप लगाए । मोदीले हिजोको एउटा सभामा बोल्दै लालुलाई बिहारका मुख्यमन्त्री नितिश कुमारको कम्प्युटरमा छिरेको भाइरस बताएका थिए ।
बिहार विधानसभा चुनावमा लालु र नितिशले गठबन्धन बनाएर मोदीको भाजपाविरुद्ध उत्रिएका छन् । विधानसभामा उम्मेदवार बनेका लालुका छोरा र छोरीबारे पनि मोदीले टिप्पणी गरेका थिए । यसमा पनि लालुले मोदीको कडा टिप्पणी गरेका छन् । लालुकी छोरीले पनि ‘आफ्नी श्रीमतीलाई छोडेर हिँडेको मान्छेले अर्काकी छोरी माथि अवाञ्छित टिप्पणी गरेको भन्दै’ आपत्ति प्रकट गरेकी छन् ।
|
0 comments:
Post a Comment