प्रहरी मुख्यालयबाटै पेट्रोलियम पदार्थको कालोबजारी हुदै

काठमाडौँ १० कातिक । नेपाल प्रहरीको कल्याण कोषद्वारा प्रहरी मुख्यालय परिसरमा संचालित नेपाल प्रहरी कल्याण कोष पेट्रोलपम्पबाटै पेट्रोलियम पदार्थको कालोबजारी हुने गरेको रहस्य सार्वजनिक भएको छ ।


प्रहरी प्रधान कार्यालय सम्बद्ध विश्वस्त स्रोतका अनुसार हालको अघोषित नाकाबन्दीको कारण देशभर पेट्रोलियम पदार्थको चरम अभाव भएको मौकाको फाइदा उठाउँदै प्रहरी कल्याण कोष कोषका प्रमुख एसएसपी लव बिष्टले कल्याण कोषद्वारा सञ्चालित पेट्रोलपम्पहरुमा अनावश्यक हस्तक्षेप गर्दै पेट्रोलियम पदार्थको कालेबजारीलाई प्रश्रय दिइरहेको खुल्न आएको छ ।

पेट्रोलपम्प प्रमुखको जिम्मेवारीमा पूर्वप्रहरी निरीक्षक चिन्तामणि भट्टराई रहेपनि एसएसपी विष्टले पेट्रोलियम पदार्थको वितरणमा अनावश्यक हस्तक्षेप गर्दै नेपाल आयल निगमले तोकेको मापदण्डविपरीत आफू निकटका केही व्यक्तिहरुलाई प्रयोग गरेर अनियति तववरले पेट्रोलियम पदार्थ वितरण गरेको र सोही पेट्रोलियम पदार्थ उपत्यकाका विभिन्न ठाउँमा प्रतिलिटिर पाँच सयको दरले विक्री भइरहेको स्रोतको दावी छ । आजको आर्थिक दैनिकमा खबर छ 
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment