भारतले भन्यो - सुरक्षा नभएकाले चार हजार तीन सय १० ट्रक रोकिएका छन् :: Read News >>

काठमाडौं, १५ असोज - भारतले सुरक्षाका कारण चार हजार तीन सय १० ट्रक भारतीय भूमिमा रहेको बताएको छ। 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले नाकाबन्दी नलगाइएको बरु नेपालमै दलहरुबीच सहमति भए यो असहजता समाप्त हुने उल्लेख गरेको भारतीय सरकारी समाचार एजेन्सी पीटीआइलाई उदृत गर्दै नयाँ पत्रिकाले खबर लेखेको छ। 

स्वरुपले भने-‘हाम्रो कुरा स्पष्ट छ। हामीसँग नेपाली जनता र दलहरुका विषयमा ठोस धारणा छैन्। आपसी स्वीकार्य समाधान खोज्नु नै नेपाली जनता र पार्टीहरुको हितमा हुनेछ भन्नेमा हामी छौं। सबै समूहले अपनत्व ग्रहण गर्ने सहमति खोज्न हामी आग्रह गछौं।’

स्वराजले नेपालका परराष्ट्रमन्त्री पाण्डेलाई भनेको उदृत गर्दै भने-‘नेपालको सीमासम्म सामान लैजान हामी सुरक्षा दिन तयार छौं। यो हाम्रो दायित्व हो। तर, नेपालतिर ट्रकहरुको सुरक्षाको ग्यारेन्टी गर्ने दायित्व नेपाल सरकारको हो।’http://dcnepal.com/images/news/10/big/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment