प्रधानमन्त्री कोइरालाको निर्देशनमा अमरेशकुमार सिंहको कारबाही प्रक्रिया रोकिएको खुलासा :: Read More News >>

काठमाडौं, १५ असोज - कैलालीमा सामाजिक सद्‍भाव भडकाउने अभिव्यक्ति दिएका अमरेशकुमार सिंहमाथिको कारबाही पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाकै निर्देशनमा रोकिएको खुलेको छ। 
 
पार्टी नीतिविपरित गतिविधिका कारण सिंहमाथि कारबाही गरिने कोइरालाले बताउँदै आएका छन्। गत शनिबार टीकापुर पुगेका उनले सिंहमाथि कारबाही गरिने दोहोर्‍याएका थिए। पार्टीको अनुशासन समितिलाई कोइरालाले एक महिनाअघि नै कारबाही प्रक्रिया थाल्न निर्देशनसमेत दिएका थिए। तर, त्यसलाई रोक्न कोइरालाले नै निर्देशन दिएको कांग्रेसका एक नेताले जानकारी दिए। 

पार्टी सभापतिकै निर्देशनमा अनुशासन समितिको बैठकसमेत बस्न नसकेको ती नेताले बताए। उनको भनाइमा कारबाहीबारे प्रधानमन्त्री कोइराला नै अन्योलमा छन्, सोही कारण समितिको बैठक नडाकिएको हो। समितिका अध्यक्ष आमोद उपाध्याय बिरामी भएकाले दिलबहादुर घर्तीलाई कार्यवाहक तोकिएको छ। सदस्यमा सुरेन्द्र पाण्डे, रमेश रिजाल र मीना पाण्डे छन्। 

समितिले पार्टी नीतिविपरीत अभिव्यक्ति दिएको भन्दै भदौ दोस्रो साता २४ घण्टे स्पष्टीकरण लिएको थियो। पाण्डे बाहेकका सदस्य तत्काल कारबाही गर्न नहुने पक्षमा उभिएपछि अहिलेसम्म बैठक बस्न सकेको छैन। प्रधानमन्त्री कोइरालाकै निर्देशनमा कार्यवाहक सभापति घर्तीले बैठक नबोलाएका हुन्।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment