|   | 
तर संवैधानिक राजनीतिक संवाद तथा सहमति सहमतिका सभापति बाबुराम भट्टराई भने संविधानसभा निर्वाचन बहिष्कार गरेका नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यलाई भेटेर संविधान जारी भएकोमा पश्चताप र आत्मग्लानि गर्न आतुर थिए।
संविधान घोषणालगत्तै संविधानसभा भवनपरिसरमा आतिसवाजी र मुलुकभर दीपावली गरेर खुसीयाली मनाइरहेका बेला भट्टराई बैद्यको धापासीस्थित निवासमा पुगेर आफूबाट गल्ती भएको गुनासो पोखिरहेका थिए। ‘मलाई खुसीयाली मनाउन, दीपावली गर्न, रमाइलो गर्न र रात्रिभोजमा सहभागी हुन मन लागेन। संविधानसभाबाट बाहिर निस्कनेवित्तिकै तपाईंलाई फोन गरें। फोन लागिहाल्यो अनि म सीधै तपाईंकोमा आएको हुँ,’ भट्टराईले बैद्यसँग भनेका थिए।
भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले वैद्यसँग माओवादी आन्दोलनको समीक्षा भएको बताए। उनले खासै नयाँ कुरा नभएको माओवादी आन्दोलनको समिक्षा भएको, धेरै लामोसमयदेखि भेट नभएकाले भट्टराई आफैंले फोन गरेर बैद्यलाई भेटेको बताए।
|   | 
0 comments:
Post a Comment