![]() |
धनुषामा भेटिएका लासलाई लिएर अफवाह फैलाउनु गलत : प्रहरी
जनकपुरमा गाड्न लैजाँदै गरेको ३ वटा शव सहित अक्षय डोमलाई स्थानीयले पक्राउ गरेका छन्।
जनकपुर उपमहानरपालिका २२ विस्पिट्टी चोकमा उनी पक्राउ परेका उनलाई स्थानीयले प्रहरीको जिम्मा लगाएका छन्।
सरसफाइको काम गर्ने डुमले भ्रमणपुरा चोकभन्दा १ किलोमिटर पश्चिममा रहेको फोहोर फाल्ने ठाउँमा आफूले ३५ वटा शव गाडेको बताए।
अहिले प्रहरी, स्थानीयबासिन्दा र मानवअधिकारकर्मीको सक्रियतामा उक्त स्थानमा शव उत्खनन भइरहेको छ। त्यहाँ ८ वटा शव प्राप्त भएको छ।
डोमले सन्तोष सिंह नाम गरेका डाक्टरले एउटा शव व्यवस्थापन गरे वापत एक हजार रुपैयाँ दिने गरेको बयान दिएका छन्। एक अस्पतालको वेवारिसे शव आफूले गाड्ने गरेको बताए पनि उनले अस्पतालको नाम खुलाएनन्।
धनुषाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले भने अस्पतालका वेवारिसे शव व्यवस्थापन गरिएको भन्ने सूचना आएको र सत्यतथ्य बुझ्ने प्रयास भइरहेको बताएका छन्।source
Twitter :
![]() |
0 comments:
Post a Comment