मधेसी मोर्चासँगको वार्ता निश्कर्षबिना टुंगियो

काठमाडौं : आन्दोलनरत मधेसी मोर्चा र सरकारबीचको बिहीबारको वार्ताका पनि निश्कर्षबिना ने टुंगिएको छ ।
 
परराष्ट्र मन्त्रालयमा भएको वार्तामा मधेसी मोर्चाले पुरानै अडान अघि सारपछि सहमति तथा निर्णय केही हुन सकेन । वार्ताको सुरुमै मोर्चाले तराईमा दुई प्रदेश हुनुपर्ने र यो नै आफूहरुको बटमलाइन भएको बताएका थिए। अर्को वार्ता कात्तिक १५ गते हुने भएको छ ।
 
सरकारी वार्ता टोलीका संयोजक उपप्रधानमन्त्री कमल थापाले मधेसी मोर्चाका अरु माग सम्बोधन गर्न सरकार लचिलो र सकारात्मक रहे पनि सिमांकनका विषयमा थप छलफल गर्नुपर्ने भएकोले वार्ता टुंगिएको जानकारी दिए । वार्तामा सहभागी मोर्चाका लक्ष्मणलाल कर्णले वार्तामा खासै प्रगति केही नभएको प्रतिक्रिया दिए । उनले सरकारी पक्षले पुरानै कुरा दोहोर्‍याएको बताए ।
 
वार्तामा सरकारी पक्षले अरु मुद्दालाई अहिले सम्बोधन गरेर सिमांकनका विषयमा राजनीतिक तहमा समझदारी गरी यसको अन्तिम टुंगो संघीय आयोगमार्फत लगाउने पुरानै प्रस्ताव वार्तामा पेस गरेको थियो । http://annapurnapost.com/Modules/News/Image/Default/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment