आजको वार्ता सार्थक नभए वार्ताबारे पुनर्विचारः उपेन्द्र यादव

राजविराज– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बिहीबार सरकारसँग हुन लागेको वार्ता सार्थक नभए मोर्चाले सरकारसँग तत्काल वार्ता बारे पुर्नविचार गर्नसक्ने बताएका छन् ।

बिहीबार बिहान राजविराजमा एक पत्रकार सम्मेलनको आयोजना गरी यादवले यस्तो वताएका हुन्। 'हालसम्मको वार्ता नाटक मात्रै सावित भएको छ, सरकार वार्ताप्रति खासै गम्भीर देखिएको छैन,' आरोप लगाउँदै यादवले भने, 'आज हुने भनिएको वर्तामा सीमांकन बारे प्रष्ट धारणा सार्वजनिक नभए हामी अझ सशक्त आन्दोलनमा जान बाध्य हुने छौं।'

मोर्चाको मुख्य मागहरु सरकार अझै गम्भीर हुन नसकेको आरोप लगाउँदै यादवले भने, 'सिमांकन, राज्य र केन्द्रबीच शक्ति तथा स्रोतको न्यायोचित्त बाँडफाँट हाम्रो मुख्य एजेण्डा हो, यसप्रति राज्य साकारात्मक नदेखिए वार्ताको कुनै औचित्य रहदैन ।'

आफुहरुले उठाएका माग वार्ता भएको ४८ घण्टाभित्र संविधान संशोधन गरी कार्यान्वयन नभएसम्म आन्दोलन फिर्ता नहुने अडानसमेत यादवले दोहोर्याए। बिहीबार हुने वार्ता सार्थक नभए कात्तीक १४ गते जनकपुरमा हुने मोर्चाको बैठकबाट आगमी रणनीति र आन्दोलनको स्वरुप बारे पुर्नविचार हुने यादवले जानकारी गराए । - वार्ता सार्थक नभए वार्ताबारे पुनर्विचारः उपेन्द्र यादव
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment