सुशीलले यसो भनेर प्रधानमन्त्री पद छोडे

काठमाडौं : संविधान जारी भएपछि पद त्याग गर्ने प्रतिवद्धताअनुसार प्रधानमन्त्री सुशील कोइरालाले पद त्यागको घोषणा गरेका छन्।

संसद्को शुक्रबार बेलुका बसेको बैठकलाई सम्बोधन गर्दै कोइरालाले पद त्यागको घोषणा हुन्। स‌ंविधान जारी भएपछि नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न उनले राजीनामा दिएका हुन्। अब नयाँ सरकार गठनको प्रकिया सुरु हुनेछ । कोइराला नेतृत्वको सरकार अब काम चलाउ हैसियतमा रहनेछ।

२०७० माघ २७ मा बसेको व्यवस्थापिका संसदको बैठकले नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता सुशील कोइरालालाई प्रधानमन्त्रीमा निर्वाचित गरेको थियो। संविधान निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी उनको कार्यकाल सम्पन्न भएको छ। अठार महिना लामो उनको कार्यकाल खासै विवादमा परेन।

संसद्को सम्बोधनपछि राष्ट्रपति डा.रामवरण यादवसँग भेटवार्ताका लागि राष्ट्रपति कार्यलय शितलनिवास पुग्ने कार्यक्रम छ। आजैदेखि सुरु भएको संसद्को अधिवेशन, आन्दोलनकारीसँगको वार्ता पहल, संविधान संशोधन गर्ने मन्त्रिपरिषद्को निर्णय तथा नयाँ सरकार गठन लगायका विषयमा परामर्श गर्ने बताइएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री कोइरालाले नयाँ सरकार गठनका लागि आव्हान गर्न राष्ट्रपतिलाई आग्रह गर्ने स्रोतले बताएको छ। नेपालको संविधान २०७२ को धारा २९६ को उपधारा (६) बमोजिम  राष्ट्रपति यादवले प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा असोज ८ गते आह्‍वान गरेका हुन्। नयाँ संविधानमा धारा २९८ अनुसार प्रधानमन्त्री चयन गर्नका लागि अधिवेशन बोलाइएको हो।

नयाँ संविधानको संक्रमणकालीन व्यवस्था अन्तर्गत संसद्‍ चालु रहेको अवस्थामा नयाँ संविधान जारी भएको एक साता भित्रै नयाँ प्रधानमन्त्री चयन गरिसक्नुपर्ने व्यवस्था छ।तर चालु अधिवेशन अन्त्य भएर नयाँ अधिवेश बोलाइएकोले असोजको तेस्रो हप्तासम्म नयाँ सरकार गठन हुने भएको छ। नयाँ संविधान जारी भएको एक साताभित्र संसद्‍ डाक्नुपर्ने र संसद् अधिवेशन सुरु भएको एक साताभित्र नयाँ प्रधानमन्त्री चयन गर्नुपर्ने प्रावधान छ।https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh_f1GyykXHvesfoAiKvQmoxa5CWT7vfc6Ronn8LTLv5Ygugnh4KySAwmgGFBYv-bimbbJRXC_yFeOwO-tBIwUw3juFIpIvUK_Bq6yx-MSjGwWOBhzUtlWTgIXtfvtUJ7gmIxPeVtTzlqsz/s1600/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment