यस्तो पनि ठाउँः पहिला आफू यौनसम्पर्क गर्ने, फेरि कुकुरसँग गराउने ! – - See more at:

एजेन्सी । मध्य अफ्रिका गणराज्यमा यस्ता सयभन्दा बढी युवतीहरु भेटिएका छन्, जसले । यूएन (संयुक्त राष्ट्रसंघ)का शान्ति सैनिक र फ्रेञ्च सैनिकमाथि यौन उत्पीडनको आरोप लागेको छ ।
यी आरोपले संयुक्त राष्ट्र संघका महासचिव बान की मुनलाई समेत हल्लाएको छ । यो आरोप तब बाहिर आयो जब संयुक्त राष्ट्र संघको टिमले महिलाहरु र युवतीहरुसँग यो बारेमा पत्रा लगाउन दक्षिणी मध्य क्षेत्र निरीक्षण गरे ।
यूएनका प्रवक्ता स्टीफन दुजारिकले भनेका छन्- ‘हामीले यो तथ्यलाई स्वीकार गर्नुपर्छ कि जसलाई हामीले मानिसको रक्षाका लागि पठाएका थियौ, उनीहरुले नै त्यसको ठिक उल्टो काम गरे ।’ उनका अनुसार राष्ट्रसंघका अधिकारी १०८ युवतीसँग अझै सोधपुछ गरिरहेको छ । यिनमा धेरैजसो कम उमेरका युवती छन्, जसलाई विदेशी सैनिकहरुले बलात्कार गरेका छन्, यौन उत्पीडन र शोषण गरेका छन् ।
संयुक्त राष्ट्र संघको टिमले यो पत्त लगाएको छ कि फ्रान्सको संगारिस बलका सैनिकहरुले त पहिला युवतीसँग आफूले यौनसम्बन्ध राख्ने र पछि केही पैसाको लोभ देखाएर कुकुरसँग यौनसम्बन्ध राख्न बाध्य पार्दथे ।
समाचार अनुसार शान्ति सैनिकद्धारा गरिँदै आएको यौन उत्पीडनको मामिलामा निगरानी राख्दै आएको सिविल सासाइटी ग्रुप ‘एड्स फ्रि वर्ल्ड’ले भनेको छ कि तीन जना युवतीले संयुक्त राष्ट्र संघको एक मानवाधिकार अधिकारीसँग भनेका छ कि वर्ष २०१४ मा एक कमाण्डरले उनीहरुलाई एक शिविरमा बाधेर राखेको र निवस्त्र बनाएर सेक्सका लागि बाध्य पारेका थिए ।
यो खबरपछि फ्रान्सका राजदूत फ्रान्सिस डेलाट्रे र अमेरिकी राजदूत सामंथा पावरले आरोपलाई ‘दुःखद’ भनेका छन् ।

दैनिक खबर बाट साभार
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment